राजनीति


वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा एमाले

वडा, पालिका र जिल्ला तहमा निर्वाचनको समीक्षामा एमाले

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार २१:३५, काठमाडौँ

नेकपा (एमाले)ले गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको तल्लो तहबाट समीक्षा गर्न थालेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले निर्वाचनमा बेहोर्नुपरेको पराजयको समीक्षाका लागि वडा कमिटी, पालिका कमिटी र जिल्ला कमिटीमा काम सञ्चालन भइरहेका बताए।

उनले ती तीनै तहले समीक्षा प्रतिवेदन प्रदेश कमिटीलाई पठाउने र प्रदेश कमिटीले केन्द्रीय सचिवाललाई पठाउने जानकारी दिए। 

त्यस्तै, केन्द्रीय सचिवालयले ‘अनलाइन’ प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझाव सङ्कलन गरिरहेको केन्द्रीय कार्यालय सचिव डा अधिकारीले बताए।

केन्द्रीय सचिवालय बैठकले सबैतिरबाट आएका समीक्षासहित केन्द्रीय कमिटी बैठकमा पनि समीक्षा गरेर पार्टीको संस्थागत दृष्टिकोण तय गर्ने उनले उल्लेख गरे। 

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नौ सिट प्राप्त गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad