राजनीति


रवि लामिछानेको चुनावी खर्च पौने १० लाख

रवि लामिछानेको चुनावी खर्च पौने १० लाख

नेपालखबर
फागुन २७, २०८२ बुधबार १२:१०, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन खर्च विवरण बुझाएका छन्। 

लामिछानेले निर्वाचन आयोगमा बुझाएको निर्वाचन खर्च विवरणअनुसार, नौ लाख ८९ हजार ९८७ खर्च भएको जनाएका छन्।

आयोगमा पेश गरिएको पत्रमा मनोनयन दर्ता खर्च १० हजार, नमूना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसार ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिदमा एक लाख १२ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। 

यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिदमा ५५ हजार, खाद्यान्न तथा रासन खरिदमा एक लाख ९६ हजार, हवाई खर्चमा १३ हजार ६२६ र गोष्ठी भेलामा एक लाख ८० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीले लामिछानेको खर्च विवरण मंगलबार निर्वाचन आयोगमा बुझाएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad