ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा आजै मतगणना सुरु हुने भएको छ।
भरखरै सम्पन्न सर्वदलीय बैठकले आजै राति साढे १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो। सर्वदलीय बैठक सकिएसँगै मतगणनाको तयारी सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
ललितपुर-३ मा नेपाली कांग्रेसका जीतेन्द्रकुमार श्रेष्ठ, नेकपा (एमाले)का सन्दप थापा मगर, नेकपाका रामकाजी महर्जन र रास्वपाकी तोसीमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।
24
Shares

प्रतिक्रिया