निर्वाचन आयोगले देशभर ६० प्रतिशत मत खसेको जनाएको छ।
यो अघिल्लो पटक भन्दा कम हो।
बिहीबार विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय दिइएको थियो।
देशभरि कुल २३,११२ मतदान केन्द्र र १०,९६७ मतदान स्थलहरू तोकिएका थिए।
जहाँ करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
‘मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भयो,’ कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रेस व्रिफिङमा भने, ‘देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।’
केही मतदान केन्द्रमा मतदानको प्रक्रिया जारी रहेकोले यो संख्या बढ्ने उनको भनाइ छ।
यसपटक निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता थिए।
अघिल्लो पटक १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो। जसमा १ करोड ५ लाख ६० हजार ८२ सदर भएको थियो।
Shares

प्रतिक्रिया