राजनीति


काठमाडौँमा रास्वपाको र्‍याली, सँगसँगै बालेन–रवि

काठमाडौँमा रास्वपाको र्‍याली, सँगसँगै बालेन–रवि

नेपालखबर
फागुन १६, २०८२ शनिबार ११:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका-केन्द्रित प्रचारमा व्यस्त भएको छ।

यसै क्रममा उक्त पार्टीले आज (शनिबार) काठमाडौँमा भेटघाटलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ।

र्‍यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेता सहभागी छन्। 

र्‍याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिँदै छ। 

बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन गरिने रास्वपाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad