नेपाली कांग्रेसका सभापति गगन थापाले दुई ठूला देशको बीचमा रहेकाले चर्को कुरा गरेर नहुने बताएका छन्।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले दुवै देशसँग मिलेर जानुपर्ने बताए। ‘भारत र चीनको बीचमा छौँ, चर्को कुराले मात्रै हुँदैन। सबैलाई मिलाएर जानुपर्छ,’ थापाले भने।
उनले भूराजनीतिक संवेदनशिलतालाई बुझ्नुपर्नेमा जोड दिए। ‘छरछिमेकीको बीचमा सन्तुलन मिलाउनुपर्छ,’ थापाले भने।
देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान सक्ने पार्टी नेपाली कांग्रेस भएको थापाको भनाइ थियो।
135
Shares

प्रतिक्रिया