राजनीति


रास्वपा बागमती प्रदेश सदस्य चौलागाईंद्वारा पार्टी परित्याग गरेको घोषणा

रास्वपा बागमती प्रदेश सदस्य चौलागाईंद्वारा पार्टी परित्याग गरेको घोषणा

नेपालखबर
फागुन ११, २०८२ सोमबार १६:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। 

चौलागाईंले सभापति रवि लामिछानेलाई राजीनामा पठाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। दोलखाका प्रभावशाली नेता चौलागाईं प्रतिनिधि सभाको निर्वाचनका लागि रास्वपाको संघीय निर्वाचन सम्पादन प्रदेश समितिका सदस्य थिए। 

उनले रास्वापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन्। जनताको प्रत्यक्ष सुख-दुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad