राजनीति


पश्चिम नवलपरासी–१ मा अरु दलबाट कांग्रेस प्रवेश गर्ने बढे

पश्चिम नवलपरासी–१ मा अरु दलबाट कांग्रेस प्रवेश गर्ने बढे

नेपालखबर
फागुन १०, २०८२ आइतबार १३:५२, काठमाडौँ

नवलपरासी पश्चिम–१ मा अन्य दलहरूबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यस क्षेत्रमा कांग्रेसप्रतिको आकर्षण बढेको देखिएको हो।

विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबाट कांग्रेस प्रवेश बढेको स्थानीय नेताहरूले दाबी गरेका छन्।

बर्दघाट नगरपालिका–१२ भटौलियामा आयोजित निर्वाचन प्रचार–प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा ठूलो संख्यामा युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पश्चिम नवलपरासी–१ का उम्मेदवार विनोद चौधरीले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गरेका थिए।

प्रवेश गर्नेहरूमा मनु राणा, सन्तोष कुँवर, इसहाक अन्सारी, मनुराना भटौलिया, विजयी तिवारी, प्रज्वल थारु, कमल आचार्य विरही, विमानन्द चौधरी, गजनी चौधरी, दिवाकर भुसाल, लक्ष्मी भुसाल र श्याम पाथ्री लगायत रहेका छन्।

स्वागत मन्तव्यका क्रममा उम्मेदवार चौधरीले युवाहरूको इच्छा र आकांक्षालाई सम्बोधन गर्न नेपाली कांग्रेस समयानुकूल परिवर्तनको मार्गमा अघि बढिरहेको बताए। उनका अनुसार पछिल्ला केही दिनमै सयौं युवा कांग्रेसमा प्रवेश गरिसकेका छन्।

स्थानीय तहमा देखिएको यो प्रवेश लहरले पश्चिम नवलपरासी–१ को चुनावी समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad