राजनीति


नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, अरु नेता निगरानीमा

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला पक्राउ, अरु नेता निगरानीमा

नेपालखबर
फागुन ५, २०८२ मंगलबार २२:७, काठमाडौँ

निर्वाचन बिथोल्ने अभियानमा रहेको आरोपमा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। 

पार्टीले निर्वाचन बहिष्कार घोषणा गर्दै विरोधका कार्यक्रम अघि बढाएको छ। यो पार्टीका अन्य नेतालाई पनि प्रहरीले निगरानीमा राखेको छ। 

यसअघि यस्तै गतिविधिमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई पनि जिल्ला प्हरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। 

उनलाई जिल्ला प्रशासन कार्यालयले चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। यसअघि पक्राउ पर्दा सरकारी वकिल कार्यालयले म्याद थप नगर्ने निर्णय गरेको थियो। प्रसाईँलाई पनि कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्र पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad