राजनीति


बुद्धिजीवीले भने- कांग्रेसबाट परिवर्तनको आशा जागेको छ

बुद्धिजीवीले भने- कांग्रेसबाट परिवर्तनको आशा जागेको छ

नेपालखबर
फागुन ३, २०८२ आइतबार १३:१, काठमाडौँ

पेशाकर्मी तथा बुद्धिजीवीले नेपाली कांग्रेसमा परिवर्तन आएको भन्दै यसले देशमा आशा जगाएको टिप्पणी गरेका छन्। 

काठमाडौंँ-५ बाट कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आयोजना गरेको अन्तरक्रियामा सहभागी बुद्धिजीवीले कांग्रेसको नीति तथा नेतृत्व परिवर्तन भएको भन्दै यसले आशा जगाएको बताएका हुन्। उनीहरूले पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री पौडेलबाट कांग्रेस र देशले गति लिने विश्वास जनाए। 

कार्यक्रममा पूर्वमन्त्री नरहरि आचार्यले पौडेलसँग नेतृत्व क्षमता रहेको भन्दै जीतको शुभकामना दिए। पूर्व राजदूत शम्भुराम सिम्खडाले अहिले कांग्रेसबाट आशा गर्न सकिने बताए। 

अर्थशास्त्री डा. पोषराज पाण्डेले कांग्रेसमा परिवर्तन आवश्यक रहेकोमा त्यो सफल भएको भन्दै पार्टीमा भएको परिवर्तनलाई संस्थागत गर्न सहकार्य गरेर अघि बढ्न आग्रह गरे। कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले कांग्रेस अब फेरि राजनीतिको विश्वविद्यालय हुने बताए। 

बुद्धिजीवी तथा पेशागत समूहद्वारा काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै उनले समाजमा योगदान दिने जोकोही आउन मिल्ने बनाइने बताए।

कांग्रेस राष्ट्रिय राजनीतिक विषयमा प्रतिबद्ध रहेको उनको भनाइ थियो। निरन्तरको दबाब यात्राका कारण ठूलो समस्या रगेको रिङ रोडको समस्या समाधान भएको भन्दै स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्न साथै अघि बढ्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad