नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि किसिमको समीकरण वा तालमेलको पक्षमा नभएको जनाएका छन्।
बुधबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस पटक आफ्नै खुट्टामा उभिएर संसद्मा पुग्नुपर्ने बताए। कतिपय दल र नेताले तालमेल वा समीकरणको हल्ला फैलाउनेतर्फ सचेत हुने पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे।
‘अहिलेको निर्वाचनमा कुनै पनि किसिमको समिकरण वा तालमेल गर्ने पक्षमा छैनौँ। आफ्नै खुट्टामा उभिएर आमजनताको विश्वास जिती संसद्मा ठूलो पार्टी बन्न चाहन्छौँ,’ प्रचण्डले भने।
त्यस्तै, उनले तोकिएको मितिमै निर्वाचन हुने भएकाले प्रचारप्रसारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
‘जेनजी आन्दोलनपछि मुलुकमा विकसित असाधारण परिस्थितिमा हुनलागेको निर्वाचनको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका नेता, कार्यकता तथा शुभेच्छुक आआफ्नो ठाउँबाट खटिन आवश्यक छ,’ प्रचण्डले भने, ‘आजैदेखि सक्रिय भई आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस्।’
Shares

प्रतिक्रिया