राजनीति


जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

नेपालखबर
माघ २७, २०८२ मंगलबार १२:४७, काठमाडौँ

नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले पृतनापति बैठकको उद्घाटन गरेकी हुन्। 

बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागीता रहेको छ। पृतनापति समन्वयात्मक बैठक अर्धवार्षिक रुपमा सञ्चालन हुँदै आएको छ। 

बैठकमा सहभागीहरूले आ आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरुको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नेछन्।

यस्तै निर्वाचन सुरक्षा लगायत समसामयिक विषयमा पनि छलफल हुनेछ। प्रधानसेनापति अशोकराज सिग्देलसहित बलाधिकृत रथी, रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad