राजनीति


अरुलाई काठमाडौँबाट, जनार्दनका प्रतिस्पर्धीलाई जिल्ला पुगेरै दिए प्रचण्डले टिकट

अरुलाई काठमाडौँबाट, जनार्दनका प्रतिस्पर्धीलाई जिल्ला पुगेरै दिए प्रचण्डले टिकट

नेपालखबर
माघ ५, २०८२ सोमबार १९:४७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि अधिकांश टिकट काठमाडौँबाटै बाँडेका छन्।

जेनजी आन्दोलनपछि खुमलटारस्थित निवासमा आगजनी भएपछि ललितपुरको हात्तिवनमा डेरा सरेका प्रचण्डले त्यहीँबाट धेरै टिकट वितरण गरेका थिए। सो अवसरमा सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरू पनि उपस्थित थिए।

तर प्रचण्डले एउटा टिकट भने उम्मेदवारको जिल्ला पुगेरै दिएका छन्। रुकुम पश्चिमबाट उम्मेदवार बनेका गोपाल शर्मालाई उनले जिल्ला पुगेरै टिकट हस्तान्तरण गरेका हुन्।

सोमबार रुकुम पश्चिमको मुसिकोटमा आयोजित कार्यक्रममा प्रचण्डले शर्मालाई टिकट दिएका थिए। रुकुमबाट निरन्तर चुनाव जित्दै आएका जनार्दन शर्माले पार्टी छोडेपछि नेकपाले नयाँ उम्मेदवार अघि सारेको हो।

जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरी सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन्। प्रचण्ड स्वयं पनि यसपालि रुकुमतर्फ लागेका छन्।

उनी रुकुम पूर्वबाट चुनाव लड्दै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad