राजनीति


कांग्रेसबाट टिकटको हस्ताक्षरमा नाम फेर्न प्रस्ताव आए छलफल हुन्छ : निर्वाचन आयोग

कांग्रेसबाट टिकटको हस्ताक्षरमा नाम फेर्न प्रस्ताव आए छलफल हुन्छ : निर्वाचन आयोग

नेपालखबर
पुस ३०, २०८२ बुधबार १३:२३, काठमाडौँ

फुटको संघारमा पुगेको नेपाली कांग्रेसमा टिकटमा हस्ताक्षर गर्ने व्यक्तिको नाम फेर्ने विषयमा चर्चा भइरहेका वेला निर्वाचन आयोगले छलफल गर्न सकिने जनाएको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाम फेर्ने प्रस्ताव आएमा छलफल गर्न सकिने बताएका हुन्। ‘टिकटको हस्ताक्षरमा नाम फेर्ने प्रस्ताव आए छलफल हुन्छ,’ भण्डारीले नेपालखबरसँग भने। 

आउँदो प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सबै राजनीतिक दलले समानुपातिक उम्मेदवारको सूची पुस १४ मै निर्वाचन आयोगमा बुझाइसकेका छन्। कांग्रेसले बुझाएको उम्मेदवारको सूचीमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको छ।

त्यस्तै, माग ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। राष्ट्रिय सभाका लागि कांग्रेसका उम्मेदवारको टिकटमा पनि देउवाले नै हस्ताक्षर गरेका छन्। 

अब प्रतिनिधि सभाको प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले सभापति देउवाको सट्टा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरमा टिकट वितरण गर्नुपर्ने माग गरेको छ। 

त्यसलाई लिएर सोधिएको प्रश्नमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले छलफल गर्न सकिने बताएका हुन्। प्रस्ताव आएपछि कानूनी पाटोमा परामर्श गरिने भण्डारीको भनाइ छ। 

नाम फेर्ने विषयमा अहिलेसम्म निर्वाचन आयोगमा कसैले निवेदन दिएका छैनन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘अहिलेसम्म कुनै निवेदन आएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad