नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भृकुटीमण्डमा जारी रहँदा संस्थापन पक्षका युवा नेता-कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा भेला भएका छन्।
मंगलबार दिउँसो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेकाले संस्थापन पक्षीय नेताहरू सानेपामा भेला भएका हुन्। कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ लगायतका नेता सानेपा पुगेका छन्।
कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता र संवाद भइरहेकाले दिउँसो १ बजेका लागि तय भएको केन्द्रीय समिति बैठक सुरु हुन ढिलाइएको छ।






207
Shares

प्रतिक्रिया