आगामी प्रतिनिधि सभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले नमुना मतपत्र छापेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमुना मतपत्र छापिएका हुन्। निर्वाचन शिक्षा कार्यक्रमका लागि नमुना मतपत्र छापिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचन शिक्षा कार्यक्रमका लागि १० लाख नमुना मतपत्र छापिएका छन्। आयोगले स्थानीय तहसँगको सहकार्यमा निर्वाचन सम्बन्धी जनचेतना जगाउने भएको छ।
यस्तै, विभिन्न संघसंस्थासँगको सहकार्यमा निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन गरिने भएको छ। यसमा मतदातालाई मतदान गर्न सिकाइने जनाइएको छ।
30
Shares

प्रतिक्रिया