राजनीति


झलनाथको प्रश्नः देश जलाउने ‘अपराधी’ दिनदहाडै हिँडेका छन्, कसरी चुनाव हुन्छ?

झलनाथको प्रश्नः देश जलाउने ‘अपराधी’ दिनदहाडै हिँडेका छन्, कसरी चुनाव हुन्छ?

नेपालखबर
पुस २३, २०८२ बुधबार १७:५०, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन्।

बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जेन–जी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरू अपराधी भएको बताए। उनीहरूलाई अन्तरिम सरकारले के गर्छ? भन्दै प्रश्न गरे। अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ? उनको प्रश्न छ। निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको खनालले जिकीर गरे।

उनले भने, ‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् की होइनन्। यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन्?  यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ की पर्दैन? अनि ति अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला?’

यस्तै, पूर्वप्रधानमन्त्री खनालले अब संविधान सभाबाट संविधान बन्ने कल्पना गर्न नसकिने बताए।

उनले २४ घण्टामा भएको जेन–जी प्रदर्शनले देश सखाप बनाएको भन्दै अब २५ वर्ष पछि देश धकेलिएको दाबी गरे। उनले जेन–जी प्रदर्शन कसैलाई गर्व लागे पनि वास्तवमा संविधान सखाप बनाउने काम भएको आरोप लगाए।

उनकाअनुसार संविधान तोडफोड गरिएको छ, अब अर्को संविधान सभा बनेर संविधान बन्ने कल्पना पनि गर्न सकिँदैन। नेपाल संवैधानिक हिसावले अग्रगामी देश भएको बताए।

फरक प्रशंगमा नेता खनालले देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताए। शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको उनको भनाई थियो। राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको खनालले बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad