राजनीति


विकसित राजनीतिक घटनाक्रमबारे भारतीय मित्रहरूसँग हिजोदेखि आजसम्म समीक्षा भएको छ : प्रचण्ड

विकसित राजनीतिक घटनाक्रमबारे भारतीय मित्रहरूसँग हिजोदेखि आजसम्म समीक्षा भएको छ : प्रचण्ड

नेपालखबर
पुस २१, २०८२ सोमबार १७:१२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपाए)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिकसित राजनीतिक घटनाबारे भारतीय राजनीतिज्ञहरुसँग छलफल भएको बताएका छन्। 

सोमबार भारतको नयाँ दिल्लीमा आयोजित पार्टीको ‘एकता सभा तथा साक्षात्कार कार्यक्रम’लाई सम्बोधन गर्दै २ दिनसम्म भेघाट भएको खुलाए।

‘केही विकसित राजनीतिक घटनाक्रमबारे अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरुसँग मेरो समीक्षा भएको छ हिजोदेखि आजसम्म,’ प्रचण्डले भने। यद्यपि, उलने के विषय र कुन नेताहरुसँग भएको भन्ने चाहिँ खुलाएनन्। 

विकसित घटनाक्रमहरूबारे सल्लाह, सुझाव संकलन गर्ने उदेश्यसहित अचानक कार्यक्रम तय भएको उनको भनाइ छ। ‘यस किसिमले अचानक, झण्डै २ दिन पनि होइन, एक दिन अगाडि मात्रै यो कार्यक्रम गर्ने निर्देशन जारी गरियो,’ प्रचण्डले भने, ‘यसको पछाडि एउटा देश विदेशमा विकसित राजनीतिक घटनाक्रम। अनि, पछिल्लो पटक मैले प्रधानमन्त्रीको हैसियतले नेपाल-भारत सम्बन्धमा गरेका कतिपय निणर्यको अनौपचारिक ढंगले कतिपय भारतीय मित्रहरुसँग समीक्षा गर्ने।’ 

‘विकसित घटनाक्रमहरूबारे सल्लाह, सुझाव संकलन गर्ने उदेश्य पनि थियो भ्रमणको,’ प्रचण्डले थपे।

अनि भारत गएका बेला एकता सन्देश सभाको सुरुवात गर्ने लक्ष्य पनि रहेको उनले बताए। प्रचण्डले भने,‘आएको बेलामा एकता सन्देश सभा गर्ने, देशभर जसरी चलेका छन्, यहाँ पनि सुरुवात गर्ने प्रमुख उदेश्य हाम्रो थियो।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad