राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बैठक भोलि पुस २० गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ।
बैठकको मुख्य एजेन्डामा पार्टी समायोजन, बिस्तार र सुदृढीकरण रहेको छ।
रास्वपाले आगामी फागुन २१ गतेको चुनावलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र काठमाडौँका मेयर बालेन शाहसँग एकता गर्ने निर्णय गरेको छ।
त्रिपक्षीय सहमतिमा रास्वपा सभापति रवि लामिछाने बन्ने, प्रधानमन्त्रीको उम्मेदवार बालेन र कुलमान घिसिङ वरिष्ठ उपसभापति बन्ने उल्लेख गरिएको छ।
288
Shares

प्रतिक्रिया