राजनीति


कांग्रेस महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यतालिका बहुमतले पारित

कांग्रेस महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यतालिका बहुमतले पारित

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १८:२०, काठमाडौँ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ। 

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।  बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले भने, ‘संशोधित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिले पास गरेको छ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फरक मत राखेका थिए। उनीहरूले असहमति जनाएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बहुमतबाट कार्यवाहक सभापति खड्काले राखेको संशोधन प्रस्ताव पारित गरेको हो। 

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नयाँ कार्यकातालिका प्रस्ताव गरेका थिए। यअसघि कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको थियो। तोकिएको समयमा महाधिवेशन नहुने भएपछि नयाँ कार्यतालिका ल्याइएको हो। 

अब आउँदो चैत २१ मा वडा अधिवेशन गरिनेछ। त्यस्तै, गाउँ  तथा नगरपालिकाको अधिवेशन चैत २५ गते हुनेछ। 

त्यसपछि चैत २८ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, आउँदो वैशाख २ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन हुनेछ। 

यसैगरी, दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लामा वैशाख ५ गते जिल्ला अधिवेशन हुनेछ। प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म ताकिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad