राजनीति


मधेसमा एकैपटक ६ मन्त्री नियुक्त, माओवादीलाई गृह

मधेसमा एकैपटक ६ मन्त्री नियुक्त, माओवादीलाई गृह

नेपालखबर
पुस १६, २०८२ बुधबार १३:२२, काठमाडौँ

मधेस प्रदेश सरकारले आज पूर्णता पाएको छ। 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले ६ मन्त्री थप गरेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। 

गत मंसिर १९ गते सात दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका यादवले तेस्राे चरणमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

केही बेरअघि मधेस सरकारमा जसपाबाट २, कांग्रेसबाट २, जनमतबाट १ र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त भएका छन्। नव नियुक्त मन्त्रीलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन्। 

जसपाबाट राजकुमार गुप्ता भौतिक पूर्वाधार र मनिष सुमन श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन्। 

त्यसैगरि कांग्रेसबाट श्याम पटेल कृषि र शंकर चौधरी वनमन्त्री बनेका छन्। जनमतबाट वसन्त कुशवाहा युवा तथा खेलकूदमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट फकिरा महतोले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।

गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

उनी कांग्रेससहित जसपा, जनमत,  माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। 

तर उनलाई सत्ता बाहिर रहेको एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीलेसमेत विश्वासको मत दिएका थिए।

यसअघि मधेसमा माओवादी केन्द्रबाट जवाहरलाल कुशवाह ऊर्जा, लोसपाबाट रानी कुमारी तिवारी शिक्षा तथा संस्कृति, कांग्रेसका जंगीलाल राय स्वास्थ्य, एकीकृत समाजवादीका कनिष पटेल उद्योग र जनमतका महेश यादव अर्थमन्त्री बनिसकेका थिए।  

आज विस्तार भएसँगै मधेसमा मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad