राजनीति


मतभेद बिर्सेर सिंगो कांग्रेस निर्वाचनमा जुट्नुपर्छः सहमहामन्त्री राठौर

मतभेद बिर्सेर सिंगो कांग्रेस निर्वाचनमा जुट्नुपर्छः सहमहामन्त्री राठौर

नेपालखबर
पुस ८, २०८२ मंगलबार २०:३, काठमाडौँ

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेकाले आपसी मतभेद बिर्सेर सिंगो नेपाली कांग्रेस फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जुट्नु पर्ने बताएका छन्।

नेपाली कांग्रेस बाँकेद्वारा निर्मित सुशील कोइराला स्मृति भवनको स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको १ सय २ औं जन्मजयन्तीका अवसरमा आज नेपालगञ्जमा उद्घाटन गर्दै सहमहामन्त्री राठौरले कांग्रेसले ८० वर्ष संघर्ष गरेर सुनिश्चित गरेको लोकतन्त्र र जनताको अधिकार अप्ठेरोमा परेकाले त्यसलाई ट्रयाकमा ल्याउन निर्वाचन सबैभन्दा उत्तम विकल्प भएको बताए।

उनले हाल जारी क्रियाशील सदस्यता वितरणसहित पार्टी महाधिवेशनलाई पनि फागुन २१ मा देश र पार्टीलाई विजयी बनाउने अभियानका रुपमा अघि बढाउन आग्रह गरे।

उनले बांग्रेस नेतृत्वमा जनअधिकारको बहाली, शान्ति स्थापना तथा विकासका काम भए पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको सेवाका लागि खोलिएका कार्यालयहरूलाई जनतामैत्री बनाउन नसकिएका कारण जनतामा असन्तुष्टि बढेको बताए। जनताको असन्तुष्टि र आकांक्षा सम्बोधन गर्न कांग्रेसले नै पहलकदमी लिनुपर्ने सहमहामन्त्री राठौरको भनाई छ।

आज नेपालमा मात्र नभै विश्वमै भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा पेचिलो बन्दै गएको अवस्थामा कसैले भन्दैमा विद्यमान परिस्थितिमै आजका भोलि सबै समस्या समाधान नहुने उनको भनाई थियो। उनले दलहरूले कानुनको कार्यान्वयन र जीवनशैलीमा परिवर्तनलाई मुद्दाकै रुपमा अघि बढाएर मुलुकमा सुशासन दिनु पर्ने स्पष्ट पारे।

सहमहामन्त्री राठौरले स्वर्गीय नेताहरू कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अपनाएको र देखाएको सादाजीवनः उच्च विचारको परिपालना नै मुलुकलाई सुशासन, सामाजिक न्याय र राष्ट्रहितको मार्ग पहिल्याउने उपयुक्त बाटो भएको बताए। यद्यपि, आजका कांग्रेस नेता कार्यकर्ताले त्यसलाई अनुशरण गर्न नसक्दा पार्टी र समाज दुवैलाई हानी भैरहेको उनले टिप्पणी गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad