ad ad

राजनीति


दक्षिण कोरिया भन्छः किमको शल्यक्रिया नै भएको छैन

दक्षिण कोरिया भन्छः किमको शल्यक्रिया नै भएको छैन

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ११:४१,

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो।

किमले मुटुको शल्यक्रिया गराएका कारण उनको अवस्था गम्भीर बनेको तथा किमको मृत्यु नै भएको भन्ने हल्ला चलेको थियो।

यसबीचमा किमले एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा उपस्थित भएको विवरण उत्तर कोरियाली संचारमाध्यमले शनिबार सार्वजनिक गरेका थिए।

किम सार्वजनिकस्थलमा २० दिनमा पहिलोपटक देखिएपछि उनको मृत्यु भएको भन्ने हल्ला झुठो सावित भयो।

किमको मुटुको शल्यक्रिया भएको हो या होइन भन्ने विषयमा उत्तर कोरियाका संचारमाध्यमले केही बताएका थिएनन्।

यसबीचमा दक्षिण कोरियाले किमको शल्यक्रिया नभएको बताएको छ। यसअघि दक्षिण कोरियाले किमको मृत्यु नभएको पनि बताएको थियो।

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लु हाउसका एक उच्च अधिकारीले समाचार संस्था योनहापसँग भनेका छन्,‘हामीसँग यस्ता विभिन्न कारण छन् जसले उनको शल्यक्रिया नै नभएको हामी विश्वास गर्दछौं। तर यस्तो विषय हामी खुलाउन सक्दैनौं।’ रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .