नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेको नेता ईश्वर पोखरेलले आउँदो महाधिवेशमा पेस गर्नुपर्ने अवधारणा–पत्र पार्टीलाई बुझाएका छन्।
आफ्नो समूहमा रहेका नेताहरुसहित सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुुगेर उनले पत्र बुझाएका हुन्। पार्टी कार्यालयमार्फत अध्यक्ष केपी शर्मा ओलीसम्म पु¥याउन गएका उनले महासचिव शंकर पोखरेललाई भेटाएपछि उनैलाई हस्तान्तरण गरेका थिए।
अवधारणा–पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पोखरेलले दस्ताबेजमा वैचारिक कुराहरू रहेको जानकारी दिए। ‘अहिले हामीले विचारका प्रसँगमा समाहूकि रुपमा पार्टी कसरी चलाउनुुपर्छ,’ पोखरेलले भने, ‘जबजलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरा राखेका छौँ।’
195
Shares

प्रतिक्रिया