राजनीति


मधेस प्रदेश: सात दलीय गठबन्धनले भोलि मात्रै मुख्यमन्त्रीको नाम टुंग्याउने

मधेस प्रदेश: सात दलीय गठबन्धनले भोलि मात्रै मुख्यमन्त्रीको नाम टुंग्याउने

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार २०:५, काठमाडौँ

मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्यमा जुटेका सात दलले भोलि मात्रै मुख्यमन्त्रीको नाम टुंग्याउने भएका छन्। 

मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातदल नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो १ बजेदेखि नै छलफलमा बसेका थिए। 

छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भट्टराई समिरले सातदलबीचको आजको छलफल भर्खरै सकिएको जानकारी दिए। 

‘हामीबीच सौहाद्र्धपूर्ण ढंगले छलफल भएको छ,’  उनले नेपालखबरसँग भने,  ‘भोली हामी सात दल एकढिक्का भएर मुख्यमन्त्रीमा दाबी पेस गर्न जाने छौँ। हामीबीचको आजको छलफलमा यही सहमती भएको छ।’ 

उनले मुख्यमन्त्रीको नाममा सात दलबीच विवाद नरहेको दाबी गर्दै नयाँ मुख्यमन्त्रीको नाम पनि भोलि नै सार्वजनिक गर्ने बताए। 

मधेसमा नयाँ गठबन्धन बनाएका सात दलसँग दुई तिहाईभन्दा धेरै मत छ। 

जनमत पार्टी संसदीय दलका नेता महेश यादवले अबको मुख्यमन्त्रीमा यसअघिका मुख्यमन्त्री लोसपा नेता जितेन्द्र सोनल र कांग्रेसका कृष्ण यादवको दाबी रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad