ad ad

राजनीति


आन्तरिक छलफललाई तीव्रता दिँदै प्रचण्ड-नेपाल समूह

आन्तरिक छलफललाई तीव्रता दिँदै प्रचण्ड-नेपाल समूह

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १३:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेताहरुले आन्तरिक छलफल तीव्र बनाएका छन्।

आगामी कदमबारे निर्णय गर्न नेताहरुले आपसी भेटघाटलाई तीव्रता दिएका नेकपाका एक स्थायी समिति सदस्यले जानकारी दिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू निकटका नेताहरुसँग भेटघाट र छलफल गरिरहेको ती नेताले बताए।

अध्यक्ष प्रचण्डले बिहीबार दिउँसो स्थायी समिति सदस्यहरुसँग छलफल गरेका थिए।

त्यसलगत्तै वरिष्ठ नेता झलनाथ खनाल प्रचण्डसँग भेट्न खुमलटार पुगेका थिए। दुई नेताबीच अपरान्ह डेढ घण्टा छलफल भएको स्रोतले जानकारी दियो।

बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा देखिएका गृहमन्त्री रामबहादुर थापा समूहका नेताहरु पनि बिहीबार बनस्थलीमा रहेको एक नेताको घरमा छलफलमा जुटेका थिए। देव गुरुङको नेतृत्वमा थापा समूहका नेताहरुले दिउँसो २ बजेपछि छलफल गरेका थिए।

साँझ पनि प्रचण्डले शीर्ष नेताहरुसँग कुराकानी गरेको उनीनिकट स्रोतले जानकारी दियो।

उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ओलीको चाल मात्रै भएकाले प्रचण्ड–नेपाल समूहले पहिले उनको राजीनामा माग्ने योजना बनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .