राजनीति


रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १५:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको घोषणा गरिएको छ। 

काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो। 

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ। दुवै पार्टीबीच भएको सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी नाम रहने उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिए। 

एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन्। 

एकतापछि पनि पार्टीको चिह्न घण्टी नै रहने भएको छ। यसमा पनि दुवै दलका नेता सहमत भएको वाग्लेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad