नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलाका वक्ताहरूले महामन्त्री गगनकुमार थापालाई अबको नेतृत्वमा पुराउनुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभा गृहमा जारी विशेष सभामा बोल्दै गोरखाबाट महाधिवेशन प्रतिनिधि गोविन्द गुरूङले नियमित महाधिवेशन संभव नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे। उनले आम गोरखाको तर्फबाट माग रहेको भन्दै भने, 'आम युवाले गगन थापाको विकल्प छैन भनेका छन्। अबको विकल्प गगन थापा हो।'
यस्तै विशेष सभामा बोल्दै अछामबाट आएका नेता पुष्प शर्माले पनि सभापति पार्टी व्याक गेयरमा नचल्ने भन्दै ड्राइभर पनि नयाँ चाहिने धारणा राखे।
'ब्याक गेयर हैन, गाडी नयाँ चालक नयाँ चाहिन्छ। यीनै पुराना अनुहार लिएर कांग्रेस चुनावमा जानु छैन,' उनले भने, 'टिकट कस्ले किन्छ, कस्ले खरिद गर्छ कतिमा गर्छ हामी हेर्छौँ।' उनले सम्माननीय नेता नबनेर टिकट वितण गर्नेलाई आफूहरू नेता मान्न तयार नभएको पनि बताए।
'समयले मागेको र अहिलेको पुस्ताले मागेको नेता गगन थापा आए नयाँ सुदृण कांग्रेस बन्छ। शतप्रतिशत कांग्रेसको विशेष महाधिवेशन हुन्छ,' उनले भने।
रोल्पाबाट प्रतिनिधित्व गर्दै बोलेका अनुपम जिशीले पनि थापा पार्टी सभापति र प्रधानमन्त्री बनेको हेर्न आम जेनजी लालायित भएको दाबी गरे।
'गगन थापालाई यो देशको सभापति र प्रधानमन्त्री बनेको हेर्न चाहान्छु,' उनले भने।
यता, काठमाडौँका नेता सुशील भट्टले भने,'नीतिगत रूपमा पार्टीलाई बलियो बनाउन पनि विशेष महाधिवेशनको विकल्प छैन। नेता विशेष हैन, नीति विशेष हुनुपर्छ।'
Shares

प्रतिक्रिया