राजनीति


जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

जसपा नेपालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १९:३४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन्।

त्यसैगरी जसपा नेपालले मङ्सीर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ।

जसपा नेपालले मङ्सीर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरू अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पुस ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ।

जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते वीरगञ्ज, पुस १७ गते भैरहवामा तय गरिएको छ।

यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरु पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad