राजनीति


सिमराको घटनाप्रति भिर्माजुनको प्रश्न : नेता–कार्यकर्तालाई रोक्ने प्रवृत्तिले चुनाव कसरी सम्भव?

सिमराको घटनाप्रति भिर्माजुनको प्रश्न : नेता–कार्यकर्तालाई रोक्ने प्रवृत्तिले चुनाव कसरी सम्भव?

फाइल तस्बिर


नेपालखबर
मंसिर ३, २०८२ बुधबार १४:१७, काठमाडौँ

बाराको सिमरा क्षेत्रमा नेताहरूलाई सभा-सम्मेलनमा सहभागी हुन रोकिएको घटनाप्रति संविधानविद् भिर्माजुन आचार्यले कडा टिप्पणी गरेका छन्। 

उनले राजनीतिक नेताहरूलाई आफ्नै कार्यक्रम र जनताकाबीच जान नदिने प्रवृत्ति लोकतान्त्रिक मूल्यविरुद्ध रहेको र यसले आगामी चुनाव प्रक्रियालाई पनि प्रभावित पार्ने चेतावनी दिए।

आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनको छन्, ‘नेताहरूलाई आफ्ना सभा-सम्मेलनमा जान रोक लगाइयो भने, आफ्ना कार्यकर्ता वा सर्वसाधारणबीच पुग्न अवरोध गरियो भने चुनाव कसरी हुन्छ? यस्तो काम गर्ने अधिकार कसलाई छ?’

उनले सत्तामा बसेका समूह वा आन्दोलनरत पक्षहरू कुनै पनि हालतमा गैरजिम्मेवार हुन नहुने उल्लेख गरे। ‘आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनुपर्ने होइन र?’ उनको प्रश्न छ।

युवा पुस्तालाई शान्त र संयमित हुन सुझाव दिँदै आचार्यले तनाव बढाउने, उक्साउने गतिविधि कसैको हितमा नपर्ने भएकाले सबै पक्षले लोकतान्त्रिक मर्यादा र संवैधानिक सीमारेखा नछोड्न आग्रह गरेका छन्। 

नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरू पार्टीको कार्यक्रमका लागि बारामा जाने भएपछि सिमरामा जेनजीले प्रदर्शन गरेका थिए।

पोखरेल लगायतलाई स्वागत गर्न विमानस्थलमा आएका एमाले कार्यकर्ता र उनीहरूबीच झडप हुँदै त्यहाँ साँझ ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ। 

सिमराको विमानस्थलसमेत बन्द भएपछि पोखरेल लगायतका नेताहरू काठमाडौँ विमानस्थलमै रोकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad