राजनीति


२०१७ सालदेखिका उच्च पदस्थको सम्पत्ति छानबिन गरः जनमोर्चा

२०१७ सालदेखिका उच्च पदस्थको सम्पत्ति छानबिन गरः जनमोर्चा

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १७:५७, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले वि.सं. २०१७ सालदेखि हालसम्मका भ्रष्टाचारजन्य कार्यको छानबिन गर्न माग गरेको छ। 

समसामयिक विषयमा पार्टीका धारणा स्पष्ट पार्न मंगलबार जारी प्रेसित वक्तव्यमार्फत जनमोर्चाले यस्तो माग गरेको हो।

यही मंसिर महिनामा आयोजना गर्न लागेको प्रचारात्मक अभियानबारे जानकारी दिन प्रेशित वक्तव्यमा जनमोर्चाले सो माग गरेको हो।

‘२०१७ सालदेखि हालसम्म भएका भ्रष्टाचारजन्य कार्यका लागि विभिन्न सरकारमा संलग्न व्यक्ति तथा उच्चपदस्थ कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गरिनुपर्दछ’ अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी वक्तव्यमा भनिएको छ। 

यस्तै, जनमोर्चाले भदौ २३ गते राज्यबाट भएको अत्यधिक र अनावश्यक बलप्रयोग तथा २४ गते भएको आगजनी र ध्वंसात्मक कार्यका लागि जिम्मेवार सरकार उच्चपदस्थ कर्मचारी तथा जिम्मेवार सबैलाई कारबाही गर्न माग गरेको छ।

जनमोर्चाले मङ्सिर २१ देखि मसान्तसम्म देशव्यापी प्रचारात्मक सभा गर्ने निर्णय पनि गरेको छ। 

तत्कालका लागि २१ जिल्लामा सभाको आयोजना गरी केन्द्रीयस्तरका वक्तासमेत तोकिएको वक्तव्यमा जनाइएको छ।

घोषित कार्यक्रम अनुसार अध्यक्ष केसीले रुपन्देहीमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

यस्तै, कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सुर्खेत, उपाध्यक्ष दुर्गा पौडेल प्युठान, अर्का उपाध्यक्ष जनकराज शर्मा बाँके र महासचिव मनोज भट्टलाई सुदूरपश्चिमका विभिन्न जिल्लामा खटाएको छ।

यसैगरी बागलुङ-अमर थापा, अर्घाखाँची- बोमबहादुर खत्री, गुल्मी- राजेन्द्र ढुङ्गाना, नवलपुर- कृष्ण अधिकारी, नवलपरासी- बद्रे आलम र कास्की- शंकर बराललाई जिम्मेवारी दिइएको जनमोर्चाले जनाएको छ।

जनमोर्चाले फागुन २१ गते आमनिर्वाचनको मिति तोकिएपनि सरकारले अझै निर्वाचनका पक्षमा विश्वसनीय वातावरण बनाउन नसकेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad