ad ad

राजनीति


उपत्यका वरिपरी वैकल्पिक चक्रपथ र नयाँ सहर बनाउने तयारी

उपत्यका वरिपरी वैकल्पिक चक्रपथ र नयाँ सहर बनाउने तयारी

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार ११:२६,

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत १ लाख फुस र खरका छाना विस्थापित गरिने बताए।

आगामी वर्षको बजेट मार्फत कम्तिमा पनि १ लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रलयले बजेट प्रस्ताव पेश गरेको उनले बताए। मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलपछि मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिए।

राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकामा नयाँ शहरको परिकल्पना गरिएको पनि बताए। प्रस्तावित टोखा—छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी उनले दिए।

करिब ६५ किलोमिटरको उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ। यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा—तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ।

मन्त्री मानन्धरले कोभिड—१९ का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तिमा एक नयाँ कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .