राजनीति


मतदाता नामावलीमा नाम दर्ता मंसिर ५ गतेसम्म थपियो

मतदाता नामावलीमा नाम दर्ता मंसिर ५ गतेसम्म थपियो

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १९:३६, काठमाडौँ

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो। म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ।

आयोगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको जनाएको छ।

‘पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरुको सहजता र सुविधाका लागि आयोगको मिति - २०८२/७/२८ को निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि २०८२/८/५ सम्मका लागि थप गरिएको छ’, आयोगले भनेको छ, ‘थप गरिएको अवधिमा मतदाता नामावलीमा नामदर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि रजिस्ट्रेसन सिस्टम मार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औंठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ 

यो अवधिमा (कात्तिक २७ सम्म) कुल २ लाख ५७ हजार ५०५ नयाँ मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad