प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरुले भेटवार्ता गरेका छन्।
बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले भेट गरेका हुन्।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबराले आगामी फागुन २१ कमो प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गरे।
छलफलमा निर्वाचन अयोगको तयारी, राजनीतिक दलहरूसँगको छलफल, राजनीतिक दल दर्ता, मतदाता नामावली दर्ता लगायतका विषयहरूमा प्रधानमन्त्री कार्कीले चासो राखिन्।
यसअघि पनि मतदाता नामावली संकलनमा समस्या आइरहेको गुनासो आएसँगै प्रधानमन्त्री कार्कीले एक भिडिओ सन्देश जारी गर्दै मतदाता नामावली संकलन सहज बनाउन निर्देशन दिएकी थिइन्।
आगामी निर्वाचनका लागि मतदाता नामावलीमा नाम संकलन गर्न अब ४ दिन बाँकी छ। निर्वाचनबारे राजनीतिक दलहरू सशंकित भइरहेको बेलामा आयोगसँग प्रधानमन्त्रीले गरेको भेटलाई महत्त्वका साथ हेरिएको छ।
Shares

प्रतिक्रिया