निर्वाचन आयोजमा नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ। रेशमलाल चौधरीले चुनाव चिह्न जाँतो राखेर नयाँ दल दर्ता गराएका हुन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार योसँगै आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १२५ पुगेको छ।
यस बीचमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान भने खारेज भएको छ।
आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि आयोगमा अहिले दल दर्ता भइरहेका छन्। अझै २१ दलले दर्ताका लागि निवेदन दिएको प्रवक्ता भट्टराईले बताए।
78
Shares

प्रतिक्रिया