राजनीति


नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा द्विपक्षीय वार्ता

नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा द्विपक्षीय वार्ता

मणि दाहाल
बैशाख १५, २०७७ सोमबार ९:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षबीच वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा छलफल सुरु भएको छ।

नेता नेपालको निवास नजिकै रहेकाे नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच वार्ता सुरु भएको हो। सो वार्तामा प्रचण्ड पक्षधर भने उपस्थित छैनन्।

स्राेतका अनुसार सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन्।

BanPaidawar 1नेताहरु वार्ता गरिरहेकाे स्थल।

यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएकाे छ।

प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ। अध्यक्ष  प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट हटाउने तयारी शुरु गरेका छन्। 

प्रधानमन्त्री ओली पक्ष भने नेपाल पक्षसँग सहमति गरी सत्ता टिकाउने प्रयासमा छ। 

भिडियाे:

यो पनि : नेकपाभित्र विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली र नेपालबीच भेटवार्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .