राजनीति


एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै

एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी नेता शर्माले पत्रकार सम्मेलन गर्दै

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ११:४५, काठमाडौँ

एकीकृत समाजवादीसहितका वामपन्थी दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्। 

त्यसको लागि उनले मंगलबार दिउँसो अढाई बजे सत्कार क्याफे, बखुण्डोल ललितपुरमा विशेष पत्रकार सम्मेलन राखेका छन्। 

माओवादी केन्द्रका निवर्तमान उपमहासचिव शर्माले गएको शनिबार बसेको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँगको एकताबारे लिखित असहमति पेस गरेका थिए।  त्यसपछि उनी एकताको भारी नबोक्ने भन्दै बैठक बीचमै छाडेर बाहिरिएका थिए। 

शर्माको त्यो शैलीप्रति माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन्। 

आइतबार बसेको माओवादी सचिवालय बैठकमा शर्मा उपस्थित नै भएनन्। 

माओवादी, एकीकृत समाजवादीसहित नौ वाम दलबीच बुधबार एकताकाे घाेषणा हुँदैछ। वाम दलबीचकाे एकता  गर्ने निर्णय अनुमोदन गर्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक मंगलबार दिउँसो एकबजे प्रज्ञा भवन कमलादीमा बस्दै छ।

नेता शर्माले भने माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा नगइ छुट्टै पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad