नेपाली कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ।
शुक्रबार बिहान कोइरालाले विशालनगरस्थितआफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए।
छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले नेपालखबरलाई जानकारी दिए।
पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो।
त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ।
विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन्।
बिहीबार केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री विश्वप्रकाशको शर्माले चार प्रस्ताव राखेका थिए। त्यसमा केन्द्रित भएर नेताहरुबीच छलफल चलिरहेको हो।
अर्का महामन्त्री गगन थापाले त्यही अनुसार केही संशोधन गरेर महाधिवेशन तालिका पेस गर्ने तयारी गरेका छन्।
Shares

प्रतिक्रिया