राजनीति


अहिलेको सरबारबाट देशको समस्याको सही अवतरण हुँदैन: प्रभु साह

अहिलेको सरबारबाट देशको समस्याको सही अवतरण हुँदैन: प्रभु साह

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार १६:१४, काठमाडौँ

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने दाबी गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सत्तामा उदय नै अदृश्य तवरले भएको आरोप लगाउँदै उनले यो सरकारले देशलाई सही दिशा दिन नसक्ने बताएका हुन्।

पूरानै संविधान र पूरानै व्यवस्था राखेर अघि बढ्दा गन्तव्य पनि पूरानै नेपाल हुने उल्लेख गर्दै साहले अबको निकास भनेको नै ‘सरकार बदलावस‍ँगै व्यवस्थाको पनि बदलाव हो। अन्तरिम सरकार र अन्तरिम संविधान’ भएको बताए।
 
आज (शुक्रबार) सिराहाको सुखीपुर नगरपालिका-१० दहिपौरी बजारमा‍ ‍‍आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले सुशीला कार्की र ओमप्रकाश अर्यालले ‘देश नबुझेको र जनता नै नचिनेको’ आरोप लगाए।

उनीहरूको नेतृत्वमा देशले निकास नपाउने उनको टिप्पणी छ।  
 

‘सुशीला कार्कीहरू जेनजी आन्दोलनका अपहरणकारीहरू हुन्। जेनजी विद्रोहमा जसरी केपी ओली र रमेश लेखकहरुले दमन गरे, त्यो भन्दा बढि युवाहरुको सपना अनि भावनामाथि यी सुशीला र ओमप्रकाश अर्यालहरुले फोहोरी खेल खेलेका छन्,' उनले भने, 'षड्यन्त्र गरेका छन्। छलछाम गरेका छन्। यो कुरा अहिले न्यायप्रेमी जनताले थाहा पाइसके।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad