निवर्तमान सांसद सूर्य थापाले आज (सोमबार) कूटनीतिक राहदानी संसद् सचिवालयमा फिर्ता गरेका छन्।
नेकपा एमालेका पोलिटब्युरो सदस्य थापाले प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त कूटनीतिक राहदानी सांसद पद गुमेपछि फिर्ता गरेका हुन्।
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त कूटनीतिक राहदानी फिर्ता गरेँ आज’, थापाले जानकारी गराएका छन्, ‘यसमा नेपाल, बैंकक, अवाजा, तुर्कमिनिस्तान र दुबई भ्रमण अभिलेखबद्ध छ।’
जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बनेसँगै प्रतिनिधि सभा विघटन गरिएको थियो। जसका कारण सबै प्रतिनिधि सभा सदस्य (सांसद) को पद गुमेको हो।
अब प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी फागुन २१ गते चुनाव हुँदै छ।
Shares

प्रतिक्रिया