राजनीति


माआवादी बैठक : समयमै चुनावका लागि सरकारको ध्यानाकर्षण, बृहत् मोर्चा निर्माण गर्ने

माआवादी बैठक : समयमै चुनावका लागि सरकारको ध्यानाकर्षण, बृहत् मोर्चा निर्माण गर्ने

नेपालखबर
असोज ८, २०८२ बुधबार १७:२३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

माओवादी केन्द्रको बुधबार बसेको स्थायी समितिको बैठकले तोकिएकै समयमा निर्वाचन गराउन सरकारको ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘तोकिएकै समयमा निर्वाचन गराउन सरकारको पुनः ध्यानाकर्षण गराउने र पार्टीको तर्फबाट यथासम्भव भूूमिका खेल्ने, जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसंग वार्ता, संवाद गरेर समझदारी कायम गर्ने,’ उनले भने, ‘समाजवादी मोर्चा र अन्य राजनितिक कार्यदिशा मिल्नेसंग एकताको लागी प्रभावकारी पहल गर्ने। सबै देशभक्त, परिवर्तनकारी पार्टी, सामाजिक संघसंस्थाहरू सबैलाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने।’ 

माओबादीको बिहीवार बस्ने केन्द्रीय समिति बैठकको लागि एजेन्डा तय गर्न बुधबार स्थायी समितिको बैठक बसेको थियो। स्थायी समितिको बैठकले विशेष वा एकता महाधिवेशनमा जाने निर्णयसहित १० वटा एजेन्डा तय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad