राजनीति


अहिले मान्छेलाई भिसा नदिने, काम नदिने अवस्था बनिसक्यो : ओली

अहिले मान्छेलाई भिसा नदिने, काम नदिने अवस्था बनिसक्यो : ओली

नेपालखबर
असोज ७, २०८२ मंगलबार १७:२२, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीलाई भिसा र काम नदिने अवस्थामा देश पुगेको टिप्पणी गरेका छन्। 

भक्तपुुरस्थित गुन्डुमा पार्टी निकट युवा र विद्यार्थीहरुलाई मंगलबार सम्बोधन गर्दै उनले नेपाल बदनाम भएको भन्दै यसबाट जोगाउन युवाहरू लाग्नुपर्ने बताए। 

‘अहिले कस्तो भइसक्यो?,’ ओलीले भने, ‘भिसा नदिने भइसक्यो मान्छेहरुलाई। काम नदिने अवस्था बनिसक्यो। नेपाल एउटा बदनाम स्थितिमा पुगिसक्यो। त्यसबाट हामीले जोगाउनुपर्छ नेपालाई।’

उनले नेपाल इमान्दार र कर्मठ मानिसहरुको देश भएको समेत उल्लेख गरे। ‘नेपाल इमान्दार र कर्मठ मानिसहरूको देश हो, अत्यन्त जिम्मेवार, सभ्य मानिसहरूको देश हो,’ ओलीले भने, ‘ एउटा सभ्यताको लामो इतिहास भएको देश हो। र, त्यो सभ्यतालाई अगाडि बिकास गरेर लान तम्तयार भएको नयाँ पिढी भएको देश हो भनेर हामीले अगाडि बढाउनुपर्छ।’

उनले काठमाडौँ महानगरका मेयर बालेन साहप्रति संकेत गर्दै सिंहदरबार र संसद् भवन योजनावद्धरुपमा जलाइएको दाबी समेत गरे।

‘सिंहदरबार कसले जलायो थाहा छैन, देशलाई, इतिहासलाई माया गर्ने मान्छेले सिंहदरबार जलायो होला र?,’ ओलीले भने, ‘पक्कै जलाएन। अरु नै कुनै घुसपैठिया तत्वहरु। जो पहिलेदेखि नै भन्दै थिए-सिंहदरबार जलाउँछु।’ 

‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हमला गरेको पहिलो पटक त होइन नि। थुप्रै पटक भइसक्यो। यो एउटा योजनावद्ध काम हो,’ उनले थपे।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad