राजनीति


हिंसात्मक प्रदर्शन हाम्रो नीति होइन, आगजनी र तोडफोड गर्नेमाथि कारबाही गरियोस्: रास्वपा

हिंसात्मक प्रदर्शन हाम्रो नीति होइन, आगजनी र तोडफोड गर्नेमाथि कारबाही गरियोस्: रास्वपा

मनीष झा। फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०८२ सोमबार १८:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतन्त्र, सुसंस्कृत राजनीति र शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको स्पष्ट पारेको छ। प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनको मार्ग नलिने रास्वपाको नीति रहेको बताएका हुन्।  

भदौ २३ र २४ गते को जेनजीको प्रदर्शनमा नृशंस दमन तथा मानव अधिकार उल्लंघनसँगै गम्भीर मानवीय अपराध हो भन्ने रास्वपाको ठहर छ।

'विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने नागरिकको मौलिक हक उल्लंघन गर्दै तत्कालीन सरकारबाट भदौ २३, २४ मा भएको नृशंस दमन तथा हत्या मानव अधिकार उल्लंघन मात्र नभई गम्भीर मानविय अपराध हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,' रास्वपाले भनेको छ,'यस्ता अततायी दमन र क्रुर हत्याको दोषीहरूमाथि आवश्यक छानबिन गरी कानुनी कारबाही सुनिश्चित गरिनु पर्दछ।'

असामान्य परिस्थितिको फाइदा उठाएर नियतवस सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनी जस्ता आपराधिक गतिविधिमा संलग्नलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न पनि रास्वपाले माग गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad