नेपाली सेनाका प्रधानसेनापतिसँगको जेन जीका प्रतिनिधिको पछिल्लो छलफलमा सहमति नजुटेको बताइएको छ। प्रधानसेनापतिसँगको छलफलबाट बाहिर निस्केको भन्दै जेन जी प्रतिनिधि रक्षा बमले केही सैद्धान्तिक कुरा नमिलेको बताएकी छन्।
'म आजको छलफलबाट बाहिर निस्किसकेँ है,' उनले भनेकी छन्, 'हाम्रो केही सैद्धान्तिक कुरा नमिलेपछि छलफलका क्रममा बाहिर निस्केको हुँ।'
यसअघि गए राति पनि उनै बमसहित जेन जीका ९ प्रतिनिधि र प्रधानसेनापतिबीच छलफल भएको बताइएको छ।
1.7k
Shares

प्रतिक्रिया