रसुवाको धुन्चेस्थित कारागारबाट ९८ जना कैदीबन्दी एकैपटक भागेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार कैदीबन्दीहरूले रिहाइको माग गर्दै निरन्तर हड़ताल गरिरहेका बेला नियन्त्रणमा लिन खोज्दा सबैजना कारागार तोडेर बाहिर निस्किएका हुन्।
कारागारको सुरक्षामा प्रहरी र नेपाली सेना दुवै खटिएको भए पनि उनीहरू भागेर फरार भए।
धुन्चे कारागारमा ९८ जना कैदीबन्दी रहेका थिए। सबै कैदी फरार भएपछि सुरक्षा निकायले आसपासका क्षेत्रमा खोजतलास कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
3
Shares

प्रतिक्रिया