राजनीति


नयाँ बानेश्वरमा प्रदर्शनकारीले जलाए दुईवटा सरकारी मोटरसाइकल

नयाँ बानेश्वरमा प्रदर्शनकारीले जलाए दुईवटा सरकारी मोटरसाइकल

नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:५०, काठमाडौँ

काठमाडौँको नयाँ बानेश्वर सडकमा प्रदर्शनकारीले सरकारी बाइक जलाएका छन्।

दिनभर तनावग्रस्त भएको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर १८ जनाको ज्यान पनि गइसकेको छ। उनीहरू अधिकांशको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो।  

दिनभर तनावग्रस्त भएको यस क्षेत्रमा कर्फ्यु लगाइएको छ। कर्फ्युकै बीच प्रदर्शन जारी छ। केहीबेर त्यस क्षेत्रका सडक सेनाले नियन्त्रणमा लिएर खाली गराए पनि फेरि प्रदर्शनकारी निस्किएका छन्। यता माइतीघर क्षेत्रमा पनि प्रदर्शनकारीले प्रदर्शन जारी नै राखेका छन्।  

जेन जीले भ्रष्टाचारविरुद्ध आज काठमाडौँमा प्रदर्शन गरेको थियो। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर पुगेर संसद् भवन प्रवेश गर्न खोजेपछि हिंसात्मक बनेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad