राजनीति


जेनजी प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको निवासमा, के भयो कुराकानी?

जेनजी प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको निवासमा, के भयो कुराकानी?

नेपालखबर
भदौ २२, २०८२ आइतबार २३:१३, काठमाडौँ

सोमबार काठमाडौँमा गर्न लागिएको जेनजी प्रदर्शनका अगुवाहरुले दुर्गा प्रसाईलाई भेटेका छन्।

प्रदर्शनको गृहकार्य भइरहेका रहेका उनीहरु भक्तपुरको प्रसाईँको निवासमै पुगेर यसबारे छलफल गरेका हुन्।

इन्स्टाग्राममा उनीहरुले प्रसाईँसँग भेट भएको तस्बिरसहित जानकारी राखेका छन्।

प्रसाईँले उनीहरूसँगको भेटले आफूले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्त्वका रहेको प्रस्ट पारेको भनी फेसबुकमा लेखेका छन्।

प्रसाईँले लेखेका छन्, ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा जेन-जीका संयोजक भाइबहिनीहरूलाई मेरो निजी निवासमा स्वागत गर्ने सौभाग्य पाएँ।छोटो तर सार्थक संवादले अझ प्रष्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्त्वका रहेछन्। हामी सबै एउटै निष्कर्षमा पुग्यौँ- आन्दोलन उमेरको विषय होइन। भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ। त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो।भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई विदा गरेँ। चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि, भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।’

चैत १५ गते प्रसाईँको नेतृत्वमा तीनकुनेमा पूर्वराजाको समर्थनमा गरिएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान भएको थियो। तीनकुनेदेखि जडीबुटी र कोटेश्वरसम्मका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट मच्चिएको थियो। उक्त विध्वंशमा जिम्मेवार रहेको भन्दै प्रसाईँविरुद्ध मुद्दा चलाइएको थियो। जिल्ला अदालतले उनलाई थुनामा पठाए पनि उच्च अदालतले बाहिरै बसेर मुद्दा लड्ने सुविधा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad