राजनीति


२९ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको विधान महाधिवेशन (विज्ञप्तिसहित)

२९ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको विधान महाधिवेशन (विज्ञप्तिसहित)

नेपालखबर
भदौ २२, २०८२ आइतबार १९:४०, काठमाडौँ

सत्तारढ नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन २९ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।

शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महाधिवेशनमा ३ वटा प्रस्ताव समेत पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिवेदन प्रस्तुतकर्ताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो। 

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए। 

प्रतिवेदन पास गर्नुअघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र विषयको जवाफ दिएका थिए। त्यसक्रममा उनी झण्डै २ घण्टा बोलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad