राजनीति


काम गर्न नसकेर आलोचना खेपेको सरकारले सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक : कोइराला

काम गर्न नसकेर आलोचना खेपेको सरकारले सामाजिक सञ्जाल बन्द गर्नु आपत्तिजनक : कोइराला

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १९:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनचाहना अनुसार काम गर्न नसकेर आलोचना खेपीरहेको सरकारले अदालतको बहानामा समाजिक सञ्जाल बन्द गर्नु आपत्ति जनक भएको बताएका छन्।

‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,’ फेसबुकमार्फत उनको प्रश्न छ, ‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ?’

कोइरालाले यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad