राजनीति


प्रधानमन्त्री ओली आज चीनको सैन्य परेडमा सहभागी हुने

प्रधानमन्त्री ओली आज चीनको सैन्य परेडमा सहभागी हुने

नेपालखबर
भदौ १८, २०८२ बुधबार ७:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुँदैछन्। जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गर्न लागेकाे सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन्। 

चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानमाथि विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका अवसर सैन्य परेड आयोजना गर्न लागेको हो।

यो सैन्य परेडमा प्रधानमन्त्री ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायतका नेता सहभागी हुने बताइएको छ। उत्तर कोरियाली नेता सन् १९५९ पछि पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुन लागेका हुन्। 

कतिपय अन्तर्राष्ट्रिय मामलाका जानकारहरूले भने चीनको सैन्य परेडमा नेपालका प्रधानमन्त्रीको सहभागीतालाई लिएर आलोचना गरेका छन्। यस्तो सैन्य परेडमा प्रधानमन्त्रीको सहभागीताले जापान चिडिन सक्ने उनीहरूको तर्क छ। 

यो कार्यक्रमपछि ओली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आजै स्वदेश फर्किने कार्यक्रम छ। 

राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली यही भदौ १४ गते चीन गएका हुन्। ओली नेतृत्वको प्रतिनिधि मण्डल २३ सदस्यीय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad